`

गरिबलाई परिचयपत्र वितरण गरिँदै

Nepal One HD २७ माघ २०८० ११:४४
राजनीति

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएकी छन् । आज चितवनमा संचारकर्मीसंगको कुराकानीमा उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताएकी हुन् ।

मन्त्री चौधरीले भनिन् “गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ । भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उनले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने जानकारी दिए ।


प्रतिक्रिया