अस्ट्रियामा जनवरी महिनाको मुद्रास्फीति २ वर्षमा सबैभन्दा न्यून स्तरमा
विश्व
अस्ट्रियाको वार्षिक मुद्रास्फीति जनवरी महिनामा ४.५ प्रतिशतमा झरेको छ । उक्त गिरावट सन् २०२१ डिसेम्बरपछिको सबैभन्दा कम हो तथ्याङ्क विभाग अस्ट्रियाका महानिर्देशक टोबियास थोमसले उक्त गिरावट मुख्यतया घरेलु ऊर्जाको मूल्यमा कमी आएको र विशेष गरी बिजुलीको मूल्यमा भएको गिरावटले गर्ता भएको बताउनु भएको छ ।
थोमसले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ-, “अन्य धेरै क्षेत्रहरू जस्तै ईन्धनको मूल्य अब अघिल्लो महिनाहरूमा जस्तो तीव्र रूपमा बढेको छैन।”सन् २०२३ डिसेम्बर मा वार्षिक मुद्रास्फीति दर ५.६ प्रतिशतमा रहेको थियो थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
