`

विपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित

Nepal One HD १४ फागुन २०८० ११:४९
राजनीति

काठमाडौ । विपक्षी दलले उभिएर विरोध जनाएपछि व्यवस्थापिक संसदको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । उनीहरुले विवादित मन्त्रीहरुका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै प्रतिनिधि सभा बैठक अवरोध गरेका हुन् । प्रमुख विपक्षी दल नेकपा एमाले सहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले समेत विवादित मन्त्रीहरुको सम्बन्धमा कहिले जवाफ आउने हो त्यो तोकिएर रुलिङको माग राखेका छन् ।

सभामुखबाट रुलिङ नभएपछि विपक्षी दलहरुबाट विवादित मन्त्रीहरुको राजीनामा माग राखेर संसदमा नाराबाजी सुरु गरेका थिए ।


प्रतिक्रिया