`

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

Nepal One HD २२ फागुन २०८० ७:५६
प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे भापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।


प्रतिक्रिया