`

यसरी मनाइयो पोखरामा योग दिवस(फोटोफिचर)

Nepal One HD ७ असार २०८१ १०:०७
प्रमुख खबर

गण्डकी । पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपिठको विशेष आयोजनामा शुक्रबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत पोखरामा क्रियाशील पतञ्जलि योगपिठद्धारा सञ्चालित योग केन्द्रका साधक साधीकाहरु लगायत योगप्रेमीहरुको सहभागिता रहेको थियो । योगलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुधार गर्ने एक उपयुक्त साधनाका रूपमा लिने गरिन्छ ।


फोटोः पोखरा महानगरपालिका


प्रतिक्रिया