`

ओमानमा तटीय क्षेत्रमा तेल ट्याङ्कर पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता

Nepal One HD १ साउन २०८१ १८:१७
विश्व

कोमोरियन–ध्वजासहितको एक तेल ट्याङ्कर सोमबार ओमान नजिक पल्टिँदा बेपत्ता भएका चालक दलका १६ सदस्यको खोजी जारी रहेको सल्तनतको सामुद्रिक सुरक्षा केन्द्र (एमएससी) ले बताएको छ ।


ओमानको रक्षा मन्त्रालयद्वारा सञ्चालित एमएससीले जहाज पल्टिनुको कारण बताएको छैन । सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा भनिएको छ, “एउटा कोमोरोस ध्वजाङ्कित तेल ट्याङ्कर सोमबार रास मद्रकाहबाट २५ माइल दक्षिणपूर्वमा डुक्मको बन्दरगाह सहर नजिकै पल्टियो ।”


धेरै विवरण उल्लेख नगरी पोस्टमा खोज र उद्धार कार्यहरू सम्बन्धित अधिकारीहरूबाट सुरु गरिएको बताइएको छ । 


विज्ञप्तिमा एमएससीले जहाजको पहिचान प्रेस्टिज फाल्कनका रूपमा पहिचान गर्दै जहाजमा १३ भारतीय र तीन श्रीलङ्कालीसहित १६ जना चालक दलका सदस्य रहेको बताएको छ । “जहाजका चालक दल सदस्यहरू अझै बेपत्ता छन्, खोजी जारी छ”, विज्ञप्तिमा भनिएको छ । 


सिपिङ वेबसाइट ःबचष्लभतचबााष्अ.अयm का अनुसार जहाज यमनी बन्दरगाह सहर अदनतर्फ गइरहेको थियो । 


प्रतिक्रिया