`

पहिरो खसेर सिन्धुपाल्चोकको इन्द्रावती नदी आंशिक थुनियो

Nepal One HD ३ भदौ २०८१ १७:५६
प्रमुख खबर

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ मा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रूपमा थुनिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार उद्धारका लागि सो स्थानमा नेपाली सेनाका कर्णेलको नेतृत्वमा र सशस्त्र प्रहरीका एसपीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

उनले थुनिएको इन्द्रावती डोजर प्रयोग गरेर खुलाउन सकिने अवस्था नरहेको बताए । प्रमुख जिल्ला अधिकारी थापाले तटीय क्षेत्रमा सचेत रहनका लागि रामेछाप, काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरिएको बताए ।


प्रतिक्रिया