नेपाल एक खेलअगावै साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

खेलकुद

काठमाडौं । नेपाल एक खेलअगावै साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो । श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । नेपालले अब समूह चरणको अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्ने छ। यो खेलको जित्ने टोली नै समूहविजेता हुनेछ, जसले अर्को समूहको उपविजेतासँग खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट