हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते


दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् ।
“खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,” स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपतकालीन समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।
“घाईतेहरूलाई उपचारका लागि बसाइर, एलराजी र अलराकी अस्पतालमा सारिएको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर छ,” विज्ञप्तिमा भनिएको छ ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन् । सैन्य स्रोत र साक्षीहरूका अनुसार, सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा सेप्टेम्बर २६ मा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सुरु गरेको थियो ।
संयुक्त राष्ट्र सङ्घ समन्वय कार्यालयले सुडान सन् २०२३ अप्रिल १५ देखि एसएएफ र आरएसएफ बीचको हिंसात्मक द्वन्द्वमा फसेको जनाएको छ । यसको परिणामस्वरूप यहाँ लगभग २० हजार जनाको मृत्यु भएका र हजारौं जना घाइते भएका छन् ।