`

परोपकारी सेवा समितिले मृगौला पिडितलाई गर्यो सात लाख रुपैयाँ सहयोग

Nepal One HD १९ चैत २०८१ २१:३४
जीवनशैली/स्वास्थ्य

गल्याङ । परोपकारी सेवा समितिले मृगौला पिडितलाई सात लाख रुपैयाँ सहयोग गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका ७ पट्काङमा रहेको परोपकार सेवा समितीले संचालन गरेको ‘किड्नि पिडित रोमलाल थापा बचाउं अभियान’ अन्तर्गत एक महिनामा नै करिब ७ लाख सहयोग रकम संकलन गरी पिडितलाई हस्तान्तरण गरिएको हो ।

सहयोगी मनहरुबाट संकलित रकम परोपकार सेवा समितिले शनिवार पिडितको घरमा नै पुगेर हस्तान्तरण गरेको छ ।
पिडितको घरमा बिशेष कार्यक्रम आयोजना गरी संस्थाका पदाधिकारीहरु ,पत्रकार ,बुद्धिजिबि समाजसेवि, एवम् गाउँवासीहरुको उपस्थितिमा ७ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समाजसेवी तथा शिक्षक श्याम प्रसाद भट्टराले परोपकारी सेवा समिति नाम जस्तै परोपकारी रहेको बताउनुभयो । उहाँले समस्या जो सुकैलाई पर्न सक्ने भन्दै समस्या परेको अवस्थामा एकले अर्कोलाई यसरी नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजसेवी, नारायण पान्डे , शिक्षक तथा संस्थाका कोषाध्यक्ष ज्ञान प्रसाद अधिकारी, हिमलाल अधिकारी, गोपि कृष्ण पान्डे कर्ण बहादुर थापा, पदम थापा, टिकाराम अधिकारी लगायतले परोपकारी सेवा समितिबाट बिपत र अप्ठ्यारोमा परेकोलाई गरेको सेवाप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्ने सुझाव समेत दिनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मृगौला पीडित रोमलाल थापाले संस्थाले गरेको सहयोग प्रति आफू सधैं ऋणी रहेको भन्दै संस्थाले गरेको कामलाई मुक्तकण्ठले प्रसंसा गर्नु भएको थियो

अभियानलाइ सफल बनाउनको लागि संस्थाका महासचिव दीपक अधिकारी लगायत कोरियामा कार्यरत जुझारु टिम महेन्द्र सापकोटा,नारायण अधिकारी,रमेश अधिकारी,कपिल भट्टराई,सुनिल अधिकारी,विनोद थापा अमेरिकाबाट संस्थाका अध्यक्ष शिव अधिकारी ,मलेशियाबाट श्याम थापा,दुबैबाट किसान थापा,गोपाल भट्टराई नेपाल र अन्य ठाउँबाट संस्थाका उपाध्यक्ष सुनिल भट्टराई,सचिव हरी अधिकारी,वीरेन्द्र भट्टराई,ज्ञान प्रसाद अधिकारी,हिमलाल अधिकारी,श्याम प्रसाद भट्टराई लगायत सम्पूर्ण सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको छ।


  • हाल संस्थाका अध्यक्ष शिब अधिकारी अमेरिकामा र महासचिव दिपक अधिकारी दक्षिण कोरियामा हुनुहुन्छ ।उहाँहरु देश बाहिर भएपनी रकम संकलन र कार्यक्रमको तयारीमा समाजिक संन्जाल र अन्लाईन मार्फत निकै महत्त्वपूर्ण भुमिका खेल्नु भएको संस्थाका सचिब हरि अधिकारीले जानकारी दिनुभयो ।सुनिल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचीव हरि अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया