‘जेरी अन टप’ असोज ३१ गते प्रदर्शन हुने

मनोरञ्जन

काठमाडौं । फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज ३१ गते प्रदर्शनको मिति तोकिएको जानकारी दिएको हो ।
फिल्ममा अनमोल केसीसहित जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’, निर्मल शर्मा, भुवन केसी, सुरक्षा पन्तलगायतले अभिनय गरेका छन् ।
फिल्म दुई महिना लगाएर मुस्ताङ, काठमाडौँ र लुक्लामा छायाँकन गरिएको छ । अनन्या फिल्मस् र भण्डारी मल्टी ट्रेडको ब्यानरमा रहेको फिल्मका निर्माता सरोज न्यौपाने हुन् । फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट