`

पोप फ्रान्सिसको निधन

Nepal One HD ८ वैशाख २०८२ १४:१२
विश्व

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित होली सीले विज्ञप्ति जारी गरी पोपको ८८ वर्षको उमेरमा निधन भएको जानकारी दिएको हो ।

पोपको स्थानीय समयअनुसार सोमबार ७ बजेर ३५ मिनेटमा भ्याटिकनस्थित कासा सान्टा मार्थामा निधन भएको हो । उनी अमेरिका वा दक्षिणी गोलाद्र्धबाट आएका पहिलो पोप थिए।

सिरियाली मूलका ग्रेगोरी तृतीय सन् ७४१ मा निधन भएका यता युरोप बाहिरका बिशप अफ रोम पहिलो पटक भएका थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट पनि थिए । इतिहासमा जेसुइटहरूलाई रोमले शंकाको दृष्टिले हेर्ने गरेको थियो ।

फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट सोह्रौं झण्डै ६ सय वर्षपछि स्वेच्छाले राजीनामा दिने पहिलो पोप थिए । उनी लामो समयदेखि निमोनिया र फोक्सोको समस्याबाट ग्रसित थिए । उनले लामो समय अस्पतालमा बिताएका थिए ।


प्रतिक्रिया