`

प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

Nepal One HD १८ वैशाख २०८२ १८:१७
राजनीति

काठमाडौं । नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देश तथा माओवादी केन्द्र र भाजपा पार्टीबीचको सबन्धका बारेमा छलफल भएको बताइएको छ ।

नेपाल भ्रमणमा रहेका चौथाइवालेले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए ।


प्रतिक्रिया