`

कञ्चनपुरमा बाढीबाट दश परिवार विस्थापित

Nepal One HD १६ असार २०८२ २०:४७
समाचार

दोधारा चाँदनी (कञ्चनपुर), १६ असारः आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार बाढीबाट विस्थापित भएका हुन् । विस्थापित सबैलाई नजिकैको विद्यालय र आफन्तका घरमा बस्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

“घर डुबानमा परेपछि मानिससहित गाईभैँसी र बाख्रालाई सुरक्षित स्थानमा लगेका छौँ”, उहाँले भन्नुभयो, “विस्थापितहरू केही आफन्तकामा र केही नजिकैको विद्यालयमा छन् ।”

पनुर्वास नगरपालिका–५ पशुपतिचोक नजिकै डुबानका कारण विस्थापित भएका सात परिवारलाई उद्धार गरेर नजिकैको छिमेकीका घरमा लगिएको छ । त्यसैगरी कृष्णपुर नगरपालिका–७ स्थित कार्कीकटानमा विस्थापित दुई परिवारलाई अर्को घरमा बस्ने व्यवस्था गरिएको छ ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलमा डुबानका परेको कलावती जोशीको पाँच जनाको परिवार, दुईवटा गाई, एक भैँसी र पाँचवटा बाख्रालाई नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा बस्ने व्यवस्था गरिएको छ । भीमदत्त नगरपालिका–१५ स्थित डम्बर राना क्षेत्रीको ज्योति कृषि तथा पशुपन्छी फार्म डुबानमा परेर करिब रु ७२ हजार बराबरको क्षति भएको छ ।
–––


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *