`

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छः कांग्रेस नेता निधि

Nepal One HD १७ असार २०८२ १९:१०
राजनीति

महेन्द्रनगर (धनुषा), १७ असार: प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज सुनचाँदी व्यवसायीसँगको भेटमा उहाँले सुनलाई विलासिताको विषयका रूपमा मात्रै हेर्न नहुने भन्दै जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

हाल देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्न सरकारले तत्काल कार्यदल गठन गरेर निष्कर्ष पुग्न उचित हुने नेता निधिको भनाइ थियो ।

यसअघि पनि आफूलाई सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय पदाधिकारीले काठमाडौँमै भेटेर कुरा राखेको र यस विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *