पत्रकार पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

प्रमुख खबर

काठमाडौं । अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले पत्रकार पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पत्रकार पाठकले केही ’हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए । उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट