रुपन्देही–३ मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्न चन्द्र भण्डारीको सुझाव


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसले जनताका काम नगरेकाले अहिले गाउँ गाउँमा कांग्रेसप्रति जनविश्वास घट्दै गएको बताएका छन् ।
केन्द्रीय समितिको आइतबारको बैठकमा भण्डारीले सही समयमा सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिन नसक्दा समस्या भएको बताएका हुन् ।
उनले भने, ‘काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो । पद लिने, काम नगर्ने, त्यो सबै जिम्मेवारी सभापतिले लिनुपर्ने हो ख्याल गर्नुपर्दैन ?’
उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै देउवाले हँसिया धेरै बनाएकाले घाँस नकाटेको बताए । उनले भने, ‘सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो । ए बाबु, यो यतिको हँसिया किन बनाउनुभएको भन्दाखेरी हँसियाले घाँस काट्न सकेनन् ।त्यसकारण गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या ।’
उनले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्न सुझाव दिए ।