`

न्यायापालिकाप्रति जनविश्वास दिलाउने काम गरिरहेका छौंः प्रधानन्यायाधीश राउत

Nepal One HD २४ असार २०८२ १३:१८
प्रमुख खबर

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् ।

सर्वोच्च अदालतमा मंगलबार आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानन्यायाधीश राउतले भने, ‘संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्ण रुपमा न्यायाधीश हुन सकेको छैन, आज तीन जना आएपछि २० जना भयौँ, छिटोछरितो न्याय दिने दायित्व निर्वाह गरिरहेका छौँ, कसरी राम्रो गर्न सकिन्छ भनेर दैनिक निर्मम समीक्षा गर्ने गरेका छौँ ।’

ऊर्जावान् तीन न्यायाधीश भित्राउने अवसर मिलेको र यो सङ्ख्या थप भएसँगै न्यायापालिकाप्रतिका जनताको विश्वास र चाँडो न्याय सम्पादनका लागि काममा ध्यान दिन सबैलाई आग्रहसमेत गरे ।

सर्वोच्च अदालतको आजसम्म जम्मा मुद्दा २४ हजार ८४६ रहेका छन् । त्यसमध्ये पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या एक हजार ४११ रहेका छन् । दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या नौ हजार २७२ रहेको छ । आठ वर्ष नाघेका एउटा मुद्दा थियो । त्यो आज निर्णय सुनाउने भएर टुङ्गिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *