सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त


काठमाडौँ, २९ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी शनिबार उपचारका क्रममा निधन हुनुभएकी शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
स्व शर्माले नेपालका विभिन्न समयमा सम्पन्न भएका निर्वाचनमा सक्रिय योगदान पु¥याउनुभएको कांग्रेसले जनाएको छ । लामो समयसम्म पत्रकारितासमेत गर्नुभएकी शर्माको निधनबाट मुलुकले एक अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।