`

मुलुकमा भएका भ्रष्टाचार काण्डको नेतृत्व सरकारले गरेको छ : पूर्ण बस्नेत

Nepal One HD ३० असार २०८२ ८:४३
राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा भए गरेका भ्रष्टाचार तथा काण्डको नेतृत्व र संरक्षण सरकारले गर्ने गरेको बताएका छन् ।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो बाहिरिएको प्रसंग जोड्दै उनले मुलुकमा घटेका सयौँ काण्डहरुको सरकारले नै कुनै न कुनै रुपमा नेतृत्व र संरक्षण गर्ने गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, एयर बस काण्ड, सुडान घोटाला काण्ड, वाइडबडी खरिद काण्ड, टेरामक्स काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, सहकारी काण्ड, गिरिबन्धु काण्ड, एनसेल काण्ड, ओम्नी काण्ड, यति काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, बालसंगठनको जग्गा दुरुपयोग काण्ड, बाँसबारी जग्गा काण्ड, ललिता निवास जग्गा काण्ड, बतास काण्ड, नेपाल ट्रस्टको जग्गा काण्ड, पाथीभरा केबलकार जग्गा काण्ड, टिकापुर जग्गा काण्ड, स्काउट जग्गा काण्ड, मेलम्ची काण्ड, पानी ट्यांकी काण्ड, लडाकु शिबिर काण्ड, भिजिट भिसा काण्ड, पतञ्जली जग्गा हिनामिना काण्ड लगायतका काण्डहरुमा एकाद व्यक्तिलाई तर्साए जस्तो, धम्काए जस्तो गरेको भएपनि सरकारले यी काण्डहरुको नेतृत्व, संरक्षण र तरफदारी गर्ने गरेको छ । यी सबै काण्डमा सरकार कुनै न कुनै रुपमा संलग्न छ।’

सरकारसँग जस्तोसुकै भ्रष्टाचार वा घोटाला प्रकरणमा पनि केही थाहा नपाएजस्तो गरेरै टार्न सक्ने खुबी भएको भन्दै एकदुई दिनमा नयाँ नयाँ प्रकरण÷काण्ड आउने र पुराना प्रकरण बिर्सिएर जान्छन् भनेर पनि सरकारले धेरैजसो भ्रष्टाचार वा काण्डका प्रकरणलाई अटेरी गरेर, अस्विकार गरेर, नसुने जस्तो, थाहा नपाएजस्तो गरेर टार्ने गरेको उनको भनाइ छ ।
मुलुकमा जनताले थाहा पाउने गरी छताछुल्ल रुपमा बाहिरिएका यी काण्डहरु बाहेक लुकिछिपी र गोप्य रुपमा भए गरेका अन्य भ्रष्टाचार, घोटाला र काण्डहरु कति होलान् भनि प्रश्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *