कांग्रेस संस्थापन पक्षका ७ नेता प्रकाशमान सिंह निवास चाक्सिबारीमा

नेपाली कांग्रेस

काठमाडौं । चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शीर्ष नेताहरूबिचमा भेटघाट भएको छ।
अब आउन लागेको १५ औँ महाधिवेशनको पुर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ७ जना नेता चाक्सीबारीमा पुगेका हुन् ।
सो छलफलमा उपप्रधान तथा सहरी विकासमन्त्रीसमेत रहेका सिंहसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदारको उपस्थिति रहेको छ।
संस्थापन पक्षका शिर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्नु पर्ने भन्दै दबाब बढाइरहेको बेला यो भेला भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट