`

‘‘गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व’

Nepal One HD २५ साउन २०८२ १०:४०
राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा जीवन,मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत गाईजात्रा पर्वको शुभकामना दिँदै उनले गाईजात्राले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस् भन्दै कामना गरे ।

उनले लेखेका छन्,‘गाईजात्रा पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! जीवन–मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्। हार्दिक शुभकामना!’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *