`

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु

Nepal One HD २६ साउन २०८२ २०:५६
समाज

लम्की (कैलाली), २६ साउन: कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्नको तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *