`

सभापति देउवाद्वारा शोक व्यक्त

Nepal One HD ३ भदौ २०८२ १३:१५
समाचार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा वासु (वासुदेवशरण) कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनको आज ९३ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्ति जारी गर्दै कोइरालाको निधनबाट सिङ्गो पार्टी मर्माहत भएको जनाउँदै उनी प्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । काभ्रेपलाञ्चोकको खोपासीमा जन्मिएका उनि विस २०१२ सालदेखि नेपाली काग्रेसमा आबद्ध रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *