उपसभामुख हटाउन हस्ताक्षर संकलन भएपछि विपक्षी दलहरू छलफलमा

राजनीति

काठमाडौँ । सिंहदरबारमा विपक्षी दलको बैठक सुरु भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामागरलाई हटाउने तयारी गरेपछि विपक्षी दलहरु पनि छलफलमा जुटेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलहरुको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ।
बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुबबहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट