बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

प्रमुख खबर

काठमाडौं । बीपी राजमार्गमा १५ दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको अन्तर जिल्ला समन्वय समितिको निर्णयअनुसार भोलि (असार ७) गतेबाट साँझ ६:३० देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी एवम् प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए। ।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट