कर्णाली राजमार्गको कालीकोट सडक खण्ड अवरुद्ध

समाज

काँक्रेविहार (सुर्खेत), १७ भदौ : आज साँझदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पहिरो गएसँगै आज बेलुकी ६ः०० बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोखिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट