`

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशत गिरावट,उत्पादनमा कमी

Nepal One HD १९ भदौ २०८२ ९:०२
विश्व

रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म देशभित्र नयाँ सवारीसाधनको बिक्रीमा २५ प्रतिशतको गिरावट आएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा जम्मा ८ लाख ७७ हजार ६ सय नयाँ सवारीसाधन बिक्री भएका छन्, जसमा यात्रु बोक्ने सवारी, हल्का व्यवसायिक सवारी, ठूलो मालबाहक सवारी र यात्रुवाहक ठूला सवारी समावेश छन् । देशमै निर्माण भएका नयाँ सवारीसाधनको बिक्री ६ प्रतिशतले घट्दै चार लाख ८३ हजारमा झरेको देखिएको छ ।

विशेष रूपमा हेर्दा, यात्रु सवारीको बिक्री २३ प्रतिशतले घटेर ७ लाख ६८ हजार २ सय पुगेको छ । त्यस्तै, हल्का व्यवसायिक सवारीको बिक्री २१ प्रतिशतले घटेर ६६ हजार ४ सयमा झरेको छ । मालबाहक सवारीको बिक्री झन् धेरै घट्दै ५६ प्रतिशतको गिरावटसहित ३५ हजार ९ सय ६० मा सीमित भएको छ। ठूला यात्रुवाहक सवारीको बिक्री पनि ४९ प्रतिशतले घट्दै ७ हजारमा झरेको छ ।

अगस्ट महिनाको मात्र कुरा गर्दा, गत वर्षको सोही महिनाको तुलनामा नयाँ सवारीसाधनको बिक्री २१ प्रतिशतले घट्दै १ लाख ३५ हजार ५ सयमा पुगेको छ । यद्यपि, अघिल्लो महिनाको तुलनामा भने बिक्री एक प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *