`

म्यान्माको विनाशकारी भूकम्पपछिको पाँच महिना, पुनर्निर्माण जारी

Nepal One HD १९ भदौ २०८२ १९:०६
विश्व

दक्षिणपूर्वी एशियाली देश म्यान्मामा गएको विनाशकारी भूकम्पको पाँच महिना बितिसक्दा पनि अझै भग्नावशेषमा शव फेला पर्ने क्रम जारी छ । गत मार्च २८ मा गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा परी तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।

पहिले नै गृहयुद्धमा फसेको म्यान्मामा भूकम्प आएपछि जनजीवन निकै प्रभावित बनेको छ ।

म्यान्मामा सशस्त्र लडाकू र प्रजातन्त्र समर्थक शक्तिहरूले २०२१ मा आङ सान सुकीको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारबाट सत्ता कब्जा गरेको सेनाको नेतृत्वको सरकारविरुद्ध लडिरहेका छन्।

विपत्तिग्रस्त क्षेत्रको दुर्लभ यात्राको क्रममा म्यान्माले समाजलाई सामान्य जनजीवनमा फर्काउनका लागि काम गर्नका लागि आवश्यक पर्ने सडक, मन्दिर, अस्पताल, विद्यालय र सरकारी भवनहरूको पुनर्निर्माणमा काम गरिरहेको छ ।

सेनाले एपीलाई राजधानी नेपिडो र देशको दोस्रो ठूलो शहर मान्डलेमा भूकम्पले पुर्‍याएको क्षतिबारे रिपोर्टिङ गर्न अनुमति दिएको छ । यी दुवै क्षेत्र सेनाको नियन्त्रणमा छन् । एपीका प्रतिनिधिहरू टोलीसँग सबै निर्माणस्थलमा पुगेका थिए ।

भूकम्पले भत्किएका संरचना निर्माणस्थल भ्रमण गर्ने क्रममा मान्डलेको विश्वविद्यालय र कोन्डो कम्प्लेक्समा पुग्दा निर्माण कार्य युद्धस्तरमा भइरहेको देखिन्न्थ्यो । भूकम्पका कारण कोन्डो कम्प्लेक्सको भग्नावशेषबाट करिब २०० मृत शरीरहरू निकालिएको थियो ।

नेपिडको संसद परिसरमा क्षतिग्रस्त भएका पाँच वटा महत्वपूर्ण भवनहरूमा ५०० जनासम्म मानिस दिन रात काम गरिरहेका छन् । ती भवनहरू डिसेम्बरको अन्त्यमा हुने चुनावका लागि समयमै प्रयोग गर्न सकियोस् भन्ने सरकारको ध्येय रहेको छ।

आलोचकहरूले यो निर्वाचनलाई सैन्य कब्जालाई सामान्यीकरण गर्ने ढोङ भएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *