`

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : देउवा

Nepal One HD २१ भदौ २०८२ १२:२०
नेपाली कांग्रेस

विराटनगर । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’ उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने जानकारी दिएका छन् ।

त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनले बताएका छन् । वर्तमान सरकारबाट मन्त्री फिर्ता नगर्ने उनले बताए । मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुरा नभएको उनले बताएका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन् । तर, पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा आइसकेका छन् ।

 

 

शेरबहादुर देउवा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *