`

बुढानीलकण्ठमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Nepal One HD २२ भदौ २०८२ ८:०८
नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठक उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ । कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही–३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदैछन् ।

रुपन्देही–३ मा यसअघि राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन र मनाङ खबाट निर्वाचित प्रदेश सांसद राजीव गुरुङ भनिने दीपक मनाङे कारागार चलान भएपछि यी स्थान रिक्त छन् । त्यसमा पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *