`

मनाङ उपनिर्वाचनका लागि आयोगमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

Nepal One HD २२ भदौ २०८२ १५:०३
नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मनाङमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

‘मनाङमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको छ, मुख्य सचिवजीलाई दल दर्ताका लागि जिम्मेवारी दिइएको छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । २०७९ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार राजिब गुरूङ (दीपक मनाङे) यो क्षेत्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतले फौजदारी कसुरमा दोषी ठहर भएका मनाङेको सांसद पद खारेज गरेको थियो । उनीमाथि चक्रे मिलनलाई आक्रमण गरेको मुद्दा थियो । रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *