`

आफू पक्षका मन्त्रीलाई चीनबाटै शेखरको फोन : राजीनामा दिनू

Nepal One HD २४ भदौ २०८२ ९:३७
नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने भएका छन् । हाल चीन भ्रणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् ।

‘म राजीनामा दिनेबारे अरू साथीहरूसँग सल्लाह गर्दैछु’, उनले भने, ‘कर्फ्यू लागेकाले बाहिर निस्किन मिलेन, म त मन्त्रालय पनि जान्नँ ।’ सोमबार जेन–जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ । कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन् ।

शेखर समूहबाट सरकारमा अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन् । त्यसो त सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन् । तर यसप्रति अहिलेसम्म ओलीले कुनै चासो देखाएका छैनन् ।

यता जेनजीले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि युवाले नयाँ बानेश्वरमा बिहानैदेखि भेला भएर कर्फ्यू उल्लंघन गर्दै विरोध प्रदर्शन थालिसकेका छन् । जहाँ सोमबार प्रहरीको गोलीबाट विद्यार्थीसहित १७ युवा मारिएका थिए । उपत्यका बाहिर पनि सोही आन्दोलनमा २ जना मारिएको प्रहरीले नै पुष्टि गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *