`

कांग्रेस सभापति देउवा र निवर्तमान गृहमन्त्री लेखकको निवासमा तोडफोड

Nepal One HD २४ भदौ २०८२ ११:४७
नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ ।

प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् । मंगलबार प्रदर्शनकारीले घर अगाडि टायर बालेर नाराबाजी पनि गरेका छन ।

घरभित्रको सामान झिकेर प्रदर्शनकारीले जलाएका हुन् । प्रहरीले दुई सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । सोमबार जेनजीको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको थियो । मृत्यु भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । १९ जनाको ज्यान गएको भन्दै मंगलबार बिहानैदखि प्रदर्शनकारीहरू नेताहरूको घरघरमा पुगेर तोडफोड गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *