`

वीरगञ्ज महानगरमा कर्फ्यु खुकुलो पारिँदै

Nepal One HD २६ भदौ २०८२ २१:५२
समाज

वीरगञ्ज (पर्सा),२६ भदौः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्युलाई केही खुकुलो बनाएको छ । प्रशासनले यसअघि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबारदेखि भने केही थप खुकुलो बनाएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबारदेखि वीरगञ्ज महानगर आसपासमा कर्फ्युलाई केही खुकुलो बनाउँदै निषेधाज्ञाको समयावधि बढाइएको जानकारी दिनुभयो । “भोलि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको छ, विषम परिस्थितिलाई ध्यान दिँदै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र बेलुका ७ बजेदेखि पर्सीपल्ट बिहान ६ बजेसम्म भने कर्फ्यु जारी नै रहनेछ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न पाइने छैन ।

पछिल्लो समय वीरगञ्ज आसपासमा प्रदर्शन तथा विरोधका गतिविधि नभएपनि प्रशासनले उच्च सतर्कता अपनाउँदै कफ्र्यू तथा निषेधाज्ञा भने जारी राखेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *