`

बिर्तामोडमा लागूऔषध कारोबारको अभियोगमा एक जना पक्राउ

Nepal One HD २८ भदौ २०८२ १८:५१
समाज

बिर्तामोड (झापा), २८ भदौः पक्राउ सूचीमा रहेका लागूऔषध कारोबारी भानुभक्त खरेललाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-५ का खरेललाई आज नयाँबसपार्क क्षेत्रबाट स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका खरेल गत साउन १ गते बिर्तामोड-५ मङ्गलदीप टोलस्थित गोदाममा छापामारेपछि पुनः फरार बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । सो क्रममा प्रहरीले निजद्वारा सञ्चालित गोदामबाट अवैध रूपमा लुकाएर राखिएको ट्याव्लेट एम्पुलसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो ।

प्रहरीले यसअघि खरेलका सहयोगी दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको छ । बिर्तामोड–५ कञ्चन टोलबाट खरेलका साझेदार भनिएका ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकिएका प्रहरी उपरीक्षक लिम्बूले बताउनुभयो । निजको घरमा जाने सिँढीमुनी राखिएको कागजको कार्टुनमा लुकाइएका २० हजार क्याप्सुल ट्रामाडोल प्रहरीले बरामद गरेको हो ।

खरेलका कर्मचारी अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ पनि गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *