`

कार्यालयमा एमालेले राख्यो कम्युनिष्ट पार्टीको झण्डा

Nepal One HD ३० भदौ २०८२ १९:०२
नेकपा एमाले

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडपछि खण्डहर बनेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ ।

सोमबार च्यासलस्थित केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पुगेका थिए ।

सो क्रममा पार्टी कार्यालयको एक भाग ढाक्नेगरी कम्युनिष्ट पार्टीको झण्डा राखिएको हो ।

आगजनी र तोडफोडले ध्वस्त भएको पार्टी कार्यालय अनुमगनपछि महासचिव शंकर पोखरेलले आफूहरू पुनस् उठ्ने बताए । उनले आफ्नो पार्टी युवाहरूकै पक्षमा रहेको पनि बताएका थिए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *