`

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

Nepal One HD ३ असोज २०८२ १२:०६
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बसेको छ । जेन्जीको आन्दोलनपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो।

बैठकमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रम, पार्टी कार्यालय व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। पछिल्लो समय कांग्रेसभित्र पार्टी पुनर्गठनको बहस चलिरहेको छ।

प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिसकेकाले यही नेतृत्वमा चुनावमा जान नसकिने नेताहरूले बताउन थालेका छन्। तर सभापति शेरबहादुर देउवा भने अहिले आन्दोलनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचाररत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *