धरान उपमहानगरपालीकाले बजेट ल्याउन बोलायो नगरसभा

प्रमुख खबर

विराटनगर । विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकामा बजेट आउने टुंगो लागेको छ ।
कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने टुंगो लागेको हो ।
कार्यपालिकाबाट बजेट पास भएसँगै शनिबार नगर सभा बोलाइएको हो ।, यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएको थियो तर आन्दोलनका कारण भदौ २३ र २४ गते भनिएको बैठक स्थगित गरिएको थियो
।
संविधान अनुसार असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्ने भएपनि धरानले भने समयमा बजेट ल्याउन सकेको छैन । त्यसकारण धरानमा बजेट होलिडे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट