`

जेन-जी आन्दोलनमा जलाइए देशभर २ हजार ७९ वटा आवासीय तथा व्यापारिक भवन

Nepal One HD ३ असोज २०८२ १९:००
प्रमुख खबर

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रूपमा जलेर ध्वस्त बनेका छन् । १ हजार ५ सय ६० वटा भवनमा भने आंशिक क्षति पुगेको छ ।

प्रहरी मातहतका १ सय ९७ वटा कार्यालय पूर्ण र २ सय ५८ मा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले बताएका छन् ।

‘२ सय १० वटा सरकारी भवन पूर्ण रूपमा जलेका छन् भने ८ सय ३६ वटामा आंशिक क्षति पुगेको छ । यस्तै ४५ वटा पाटी कार्यालय पूर्ण र १ सय ७४ वटामा आंशिक क्षति पुगेको छ ।

यस्तै ९७ वटा आवासीय तथा व्यापारिक भवनमा पूर्ण क्षति भएको छ भने २ सय ९२ वटा आंशिक रूपमा क्षतिग्रस्त छन्,’ उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *