`

चितवन निकुञ्जमा फेरि जीप सफारी सुरु

Nepal One HD १३ असोज २०८२ १५:४९
प्रमुख खबर

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जमा जीप सफारी सुरु गरेको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आजदेखि जीप सफारीका लागि अनुमति दिइएको हो। गत साल सञ्चालन भएका

जीपलाई मात्र यस वर्ष नवीकरण गरी जीप सफारी सुरु गरिएको हो । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मत सम्भार गरेर नवीकरणमा ल्याइएको हो । गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरेको थियो ।

गएको असार १६ गतेदेखि जीप सफारी बन्द गरिएको थियो । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जीप सञ्चालन भएका छन् । यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जीपले निकुञ्जभित्र सफारी गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *