`

इलाम पहिरोमा परी ३४ जनाको मृत्यु, चार बेपत्ता

Nepal One HD १९ असोज २०८२ १४:५०
बिशेष

इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोमा परी सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । विपद्मा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा एक÷एकजना बेपत्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *