`

एमालेको सचिवालय बैठक आज पनि, महाधिवेशनको मिति तोक्नेबारे छलफल

Nepal One HD २५ असोज २०८२ ८:२२
नेकपा एमाले

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो ।पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल हुनेछ ।

शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने र पार्टी नेतृत्व पुस्तान्तरण गर्नुपर्ने विषयहरुमा छलफल भएको थियो । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *