`

दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’

Nepal One HD ३० असोज २०८२ ७:४८
समाचार

काठमाडौँ, ३० असोजः दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ ।नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा बुधबार भारतको बङ्लोरमा ‘स्वास्थ्य शिविर तथा इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली कला संस्कृतिलाई प्रवासमा फैलाउनका लागि यस्ता सांस्कृतिक कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल–भारतबीचको सम्बन्ध केवल भौगोलिक नजिकतामा मात्र होइन, सांस्कृतिक र आत्मिक एकतामा आधारित छ, यस्ता कार्यक्रमले आपसी मैत्री, सहयोग तथा साझा पहिचानलाई अझ मजबुत बनाउँछन्”, अध्यक्ष पाण्डेले भन्नुभयो ।

उक्त महोत्सवमा सांस्कृतिक नृत्य, सङ्गीत, कविता र मैत्रीपूर्ण सांस्कृतिक आदान–प्रदानका माध्यमबाट नेपाल–भारतमैत्री सम्बन्ध सुदृढ पार्ने सन्देश प्रवाह गरिएको थियो । सोहीअवसरमा समितिले इन्डो–नेपाल टोलीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *