इतिहास बोल्ने केशर पुस्तकालय फेरि जीवन्त हुँदै


काठमाडौँ । नेपालको पहिलो सरकारी पुस्तकालय केशर पुस्तकालयमा विस्तारै पठन संस्कृतिमा रुची राख्नेहरुको गन्तव्य बन्दै गएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त केशर महल सबलीकरणपछि केशर पुस्तकालय १० वर्षपछि पूर्ववत अवस्थामा आफ्नै भवनमा सञ्चालनमा आएको थियो ।
सञ्चालनमा आएको एक वर्षपछि विस्तारै अध्ययनशील शहरीयाको गन्तव्य बन्दै गएको हो । २०७२ वैशाखको भूकम्पले केशर महलमा क्षति पु¥याएपछि पुस्तकालय टहरामा सारिएको थियो । पछि पुरानै शैलीमा पुरातत्वको मापदण्डअनुसार केशर महलको सबलिकरणसँगै पुस्तकालय समेत आफ्नै भवनमा सारिएको थियो ।
अहिले पुस्तकालयमा दैनिक ३ सय हारहारीमा अध्ययन गर्नको लागि आउने गरेको पुस्तकालयले जनाएको छ । उक्त पुस्तकालय शुरुमा केशर शमशेरको व्यक्तिगत चाहनामा निर्माण गरिएको थियो । चन्द्र शमशेरका छोरा केसर शमशेर किशोरावस्थादेखि नै पुस्तक र पत्रपत्रिका जम्मा गर्न निकै सौखिन थिए ।
बेलायत पुगेका केशरलाई त्यहाँ पुगेपछि ज्ञानमा हौसला र आकर्षण झनै बढेर आयो । जसले गर्दा नेपाल फर्किएपछि पुस्तक सङ्कलनमा जोड दिँदै पुस्तकालयको स्थापना गरिएको थियो । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समेत सोही महलबाट सञ्चालनमा आउँदा पुस्तकालयको ठाउँ भने केही साँघुरिएको छ ।