जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासल जाँदै ओली

नेकपा एमाले

काठमाडौं । भदौँ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन्।
पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन ओली पार्टी मुख्यालयमा जान लागेका हुन्।
ओली २ बजे च्यासल पुग्ने सम्पर्क समन्वय कमिटीका सचिव आरसी लामिछानेले बताए। जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली अहिले गुण्डुमा बसेका छन्।
आन्दोलनकारीले घरदेखि पार्टी कार्यालयसम्म आगजनी र तोडफोड गरेका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको