`

रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु

Nepal One HD ५ कार्तिक २०८२ १८:२६
समाज

रौतहट । रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो । नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य समेत रहेका यादवको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेपछि अचेत भएका यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रादेशिक अस्पताल गौरका चिकित्सकले उनलाई ४ः३० बजे मृत घोषित गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ । स्थानीय राजनीतिमा सक्रिय यादव समाजसेवीका रूपमा परिचित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *