`

मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Nepal One HD ७ कार्तिक २०८२ ९:०६
समाज

बागमती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *