रहेनन् पूर्वमन्त्री मोहम्मद अफताब आलम
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका आलमको गएराति निधन भएको हो ।
स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौं मेडिकल कलेज ९केएमसी०मा भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उनको गएराति साढे २ बजे निधन भएको जनाइएको छ । उनको मिर्गौला फेल भएको भएपछि निरन्तर डायलाइसिस भइरहेको थियो ।
गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनी बिरामि भएका थिए । उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
