`

जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने धमाधम पक्राउ

Nepal One HD २७ कार्तिक २०८२ ६:५१
समाज

गण्डकी- कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर, पसलमासमेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिको पहिचान तथा अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी अनुसन्धानका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा मानिसलाई माइकिङ गर्दै उक्साहट गर्ने र विभिन्न व्यक्तिहरुको घर तोडफोड गर्न आग्रह गर्दै हिँड्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार पक्राउपर्नेमा कास्कीको मादी गाउँपालिका–५ भैँसे बस्ने २५ वर्षीय रोशन सापकोटा र पोखरा महानगरपालिका–१७ घारीकुलो बस्ने ३८ वर्षीय विमला सापकोटा रहेका छन् । निजहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा चार दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *